जुवाको अड्डामा पुलिसको रेड, 8 जना जुवाडे पक्राउ

सिलगढी, 19 नोभेम्बर (निसं): प्रधाननगर थाना अन्तर्गत पर्ने चम्पासारी इलाकाको एउटा घरमा चलिरहेको जुवा अड्डाको पुलिसले पर्दाफास गरेको छ। पुलिसको छापामार अभियानमा 8 जनालाई पक्राउ गरिएको छ। पक्रा परेका आरोपीहरूको नाम मोहम्मद अमजद, सदरी आलम, मोहम्मद मुस्ताकिम, अबू तल्हा आलम, मोहम्मद मुस्ताक, नौशाद खान, धीरज पटेल र विश्वजीत विश्वास रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार, गोप्य सूचनाको आधारमा पुलिसले सादा पोशाकमा अबू तल्हा आलमको घरमा चलिरहेको जुवाको अड्डामा छापामार अभियान चलाएर अबू तल्हासँगै उसका सात जना साथीलाई पक्राउ गरेको हो। आरोपीहरूमध्ये अधिकांश बिहारका निवासी छन्।
पुलिसले जुवाको अड्डाबाट 38 हजार रुपियाँ नगद, तासको गड्डी, रम-बियरका बोतलहरू र 8 वटा मोबाइल फोन जफत गरेको छ। सबै आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin