जुवाको अड्डामा मतिगढा पुलिसको रेड,  8 जना जुवाडे पक्राउ

सिलगढी (निसं): दीपावली अनि काली पुजाको समय सिलगढी सहरको कतिपय ठाउँहरूमा अवैध रूपले रातको समयमा जुवाको अड्डा शुरू हुने गर्दछ। तर यस पल्ट सिलगढी मेट्रोपलिटनको मतिगढी थाना पुलिस अगावैदेखि निक्कै सक्रिय देखिन्छ। पुलिसले पुजाको अगावै जुवाको अड्डाहरूमा रेड शुरू गरेको छ। यसैक्रममा गत राति मतिगढा थानाको पुलिसले सादा पोशाकमा दुई वटा अलग-अलग ठाउँमा अभियान चलाएर जुवाको अड्डाबाट 8 जना जुवाडेलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा शंकर पासवान, इमानुल हक, अमीरुल इस्लाम, निर्मल सिंह, हरेन्द्र साह, बहुरल इस्लाम, रमेश सिंह र एम डी फिरोज सामेल छन्। पुलिसले तिनीहरूबाट लगभग नगद 20 हजार रूपियाँ पनि जफत गरेको छ। मतिगढा थाना पुलिसले ती सबै आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गऱ्यो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *