जुवाको अड्डाबाट 11 जना पक्राउ

सिलगढी : सिलगढीको शान्तिपाडा इलाकामा एनजेपी थाना पुलिसले अभियान चलाएर जुवाको अड्डाबाट 11 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले विश्वजीत ठिकादार, विष्णु सरकार, परितोष ठिकादार, कामाख्या सरकार, नारायण माहातो, कार्तिक तलापात्र, विवेक राय, कैलाश सेन, रतन मजुमदार, जाहिदुल मियाँ र मोहम्मद बाबलु सामेल छन्। केही दिनदेखि उक्त इलाकामा जुवाको अड्डा हुने गरेको अभियोग रहेको छ। एनजेपी थाना पुलिसले शनिबार अभियान चलाएर जुवाको सामाग्री, नगद 18 हजार रुपियाँलगायत 11 जना जुवारीलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *