जुवाको अड्डामा पुलिसको अभियान, 6 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारी 2 नम्बर अञ्चलको पश्चिम धनतलाको शाल बगान इलाकामा जुवाको अड्डामा अभियान चलाएर 6 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले मनसुर अली, साह आलम, गोपाल सरकार, शाहजाहान आलम, साजन मोहम्मद र नजिबर रहमान सामेल छन्। धेरै दिन अघिदेखि बाहिर लगायत स्थानीय केही मानिसहरूले उक्त इलाकामा जुवाको अड्डा जमाउने गदर्थ्यो। आज एनजेपी थाना पुलिसले सादा पोसाकमा अचानक उक्त जुवाको अड्डामा अभियान चलाएर 6 जना व्यक्तिलाई पक्राउ गर्यो भने अन्य केही व्यक्तिहरू घटनास्थलबाट भाग्न सफल भए। पुलिसले घटनास्थलबाट 3 वटा बाइक जफत गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *