ज्योति बसुको 108औं जन्मदिनको उपलक्ष्यमा हेमिल्टनगञ्जमा रक्तदान शिविर

अलिपुरद्वार: बङ्गालका पूर्व मुख्यमन्त्री कमरेड ज्योति बसुको आज 108 औ जन्म जयन्ती पालन गर्नको साथै सीआईटीयु अलिपुरद्वार जिल्ला कमिटीद्वारा हेमिल्टनगञ्ज कालीबाड़ी परिसरमा स्वेच्छा रक्तदान शिविरको आयोजना गरियो। यसबारे सीआईटीयु अलिपुरद्वार जिल्ला कमिटी तथा रक्तदान शिविर आयोजना कमिटीको पक्षबाट जुबेस नास्करले जानकारी दिएका छन। यस अवसरमा सर्वप्रथम हेमिल्टनगञ्ज स्थित सीपीआईएम कार्यालय अघि पार्टीको झण्डा उत्तोलन गर्नको साथै रक्तदान शिविरको उद्घाटन सीआईटीयू अलिपुरद्वार जिल्लाका उपसभापति कृष्ण ब्यानर्जीको बाहुलीबाट गरियो। यसैगरी, पूर्व मुख्यमन्त्री तथा माकपाका वरिष्ट नेता ज्योति बसुको प्रतिकृतिमा उपस्थित सीआईटीयू अलिपुरद्वार जिल्ला सचिव विकास महली, सीटु नेता रवि मित्र, जुबेस नास्कर, कौशल लामा, राजेन कामी एवम् अन्यान्यले श्रद्धाञ्जली अर्पण गर्दै पूल माला चढाए। आजको रक्तदान शिविरमा 60 युनिट रगत सङ्ग्रह गरेर अलिपुरद्वार ब्लड ब्याङ्कलाई दिएको कमिटीको पक्षबाट विकास महली र जुबेस नास्करले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *