ज्योतिर्लिङ्ग प्रतिरूप प्राण प्रतिष्ठा एवम् स्थापना अनुष्ठान कार्यक्रममा अनित थापा परिवारसहित उपस्थित

दार्जिलिङ (निसं): महाकाल मन्दिरमा आयोजित 5 दिवसीय द्वादस ज्योतिर्लिङ्ग प्रतिरूप प्राण प्रतिष्ठा एवम् स्थापना अनुष्ठानको अन्तिम दिन आज सोमबार जीटीए-का चिफ एक्जिक्युटिभ अनित थापा आफ्ना सम्पूर्ण परिवारका साथ दर्शन गर्न धाममा पुगेका थिए। दार्जिलिङको आस्थाको केन्द्रस्थल दार्जिलिङ महाकाल मन्दिर पूजा एवं कल्याण समितिको आयोजनामा गत 29 जूनदेखि 3 जुलाईसम्म सम्पन्न गरिएको पाँच दिवसीय द्वादश ज्योतिर्लिङ्ग प्रतिरूप प्राण-प्रतिष्ठा एवं स्थापना समारोहको आज अन्तिम दिन रहेको थियो।
यस अवसरमा अनित थापाले भने, महाकाल धाम पहाडको आस्थाको प्रतीक हो। यस धामको देखरेखको निम्ति जुन समिति गठन गरिएको छ, त्यसको म पनि एकजना सदस्य हुँ। ज्योतिर्लिङ्ग स्थापना विषय समितिको बैठकमा लिइएको निर्णय अनुसार नै काम भएको पाएँ। राम्रो काम भएको रहेछ भनी थापाले ज्योतिर्लिङ्ग स्थापना समय आफ्नो मन्तव्य राखे।
जीटीएले के दिन्छ भनी पत्रकारले सोधेको प्रश्नमा उत्तर दिँदै तिनले भने,”आस्थाको स्थान घोषणा गर्ने स्थान होइन। ईश्वर वास बस्ने स्थलमा उभिएर ईश्वरलाई यो दिन्छु भनेर घोषणा गर्ने ठाउँ नै होइन। हामी उहाँ कै सन्तति हौ। यहाँ जे-जे हुनुपर्छ सबै हुँदै जानेछ। मेरो आस्था उहाँ प्रति छ।” देशको विभिन्न स्थानहरूमा भक्तहरू 12 ज्योतिर्लिङ्गको दर्शन गर्न पुग्छन्। अब दार्जिलिङको महाकाल बाबा धाममा भक्तजनहरूले 12 वटै ज्योतिर्लिङ्गको दर्शन गर्नु सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *