कबड्डी चार चलचित्र प्रदर्शनमाथि खरसाङमा पनि प्रतिबन्ध

खरसाङ (निसं): बुद्धिष्ट माइनोरिटी वेलफेयर एसोसिएसन-ले आज खरसाङमा कबड्डी चार चलचित्र प्रदर्शनमाथि प्रतिबन्ध लगायो। खरसाङको गिद्धपहाड़मा अवस्थित सिनेमा घरमा हिजदेखि उक्त चलचित्र शुरू भएको थियो तर आज यहाँका प्राय: सबै बुद्धिष्ट संगठनहरूले संयुक्त रूपमा मिलेर कबड्डी चार प्रर्दशनमाथि रोक लगाएको छ। यसबारे एक पत्रकार सम्मेलनमार्फत आज एसोसिएसनका केन्द्रिय सभापति बिरेन तामाङले जानकारी गराउँदै चलचित्रकी नायिकाद्वारा एकजना बौद्ध धर्म गुरूमाथि गरिएको अभद्र व्यवहारकै कारण कबड्डी चार प्रदर्शनमाथि रोक लगाएको बताए।


तिनले हाल चारैतिर यो चलचित्र प्रदर्शनमाथि रोक लगाइरहेको भए तापनि खरसाङको सिनेमा घरमा भने हिज बेलुकीको शो-देखि यस चलचित्र प्रदर्शन गरिरहेको जनाउँदै यद्यपि अबोप्रान्त भने यो चलचित्रलाई यहाँ प्रदर्शन नगरिदिने आग्रह गर्दै सिनेमा घरका प्रबन्धक अनि व्यवस्थापकहरूलाई लिखित आग्रह गरिएको बताए। तिनले जबसम्म चलचित्रकी नायिकाले माफी माग्दैनन् तबसम्म यो चलचित्रलाई यहाँ चल्न नदिने बताउँदै सिनेमा घरले पनि अब यसलाई नचलाइदिने औ जबर्जस्ती चलाएमा कसैले पनि आएर सिनेमाघर तोड़फोड़ गरेका त्यसको जिम्मेवार सिनेमा घरमा मालिक अनि म्यानेजरहरू हुने बताउँदै यसलाई अघिबाटै बुझे राम्रो हुने बताए। तामाङले आग्रह गर्दै उक्त चलचित्र हेर्नको निम्ति कसैले पनि अनलाइन अथवा अफलाइन टिकट नलिने आग्रह पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *