कवियत्री कमला राईले बहुभाषी कवि सम्मेलनमा नेपाली भाषालाई प्रतिनिधि गर्ने

मिरिक: ‘विश्व कविता दिवस’को अवसरमा आगामी 21 मार्चको दिन साहित्य अकादमी दिल्लीद्वारा आयोजना गरिने बहुभाषी कवि सम्मेलन समारोहमा अन्य भारतीय भाषाहरूसहित नेपाली भाषामा पनि कविता वाचन हुने निश्चित भएको छ। नेपाली भाषाको प्रतिनिधि गर्दै मिरिककी सशक्त कवियत्री कमला राईले आफ्नो रचना पाठ गर्ने जानकारी साहित्य अकादमी दिल्ली सूत्रले जनाएको छ। उक्त कार्यक्रम अनलाईन हुने भएको छ भने सहभागिता जनाउने कविहरूले घरमैं बसेर अनलाईन मार्फत रचना पाठ गर्नु पर्नेछ। यता आफूलाई यस पवन अवसरमा सहभागी बन्ने अवसर जुरेकोमा खुशी व्यक्त गर्दै कवियत्री कमला राईले आफ्नो फेसबुक आकाउण्टमा साहित्य अकादमी नेपाली भाषाका संयोजक डा.जीवन नामदुङप्रति आभार व्यक्त गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *