कदमतला बीएसएफ क्याम्पमा पेन्सन अदालतको आयोजना

सिलगढी : मतिगढा कदमतला बीएसएफ क्याम्पमा आज पेन्सन अदालतको आयोजना गरियो। विभिन्न समस्याले गर्दा हाल पेन्सन रोकिएको बीएसएफका अवकाशप्राप्त कर्मचारीहरू तथा पेन्सन पाउने कर्मचारीहरूलाई ध्यानमा राखेर आज पेन्सन अदालतको आयोजना गरिएको बताइएको छ। नर्थ बेङ्गल फ्रन्टियर बर्डर सिक्युरिटी फोर्सका इन्स्पेक्टर जेनरल अजय सिंहले आज रिबन काटेर पेन्सन अदालत कार्यक्रमको उद्घाटन गरे। यस अवसरमा पश्चिमबंग, बिहार, उडिस्सा राज्यको बीएसएफका अवकाशप्राप्त कर्मचारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *