काँडे तार काटेर भारतमा प्रवेश गरेपछि गाई-गोरू चोरेर भागे बङ्ग्लादेशी दुष्कृतिहरू

राजगञ्ज : सिमानामा लगाइएको काँडे तार काटेर भारतमा प्रवेश गरेपछि केही गाई-गोरू चोरेर केही बङ्ग्लादेशी दुष्कृतिहरूले चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले गर्दा राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको पीरगछ गाउँमा उत्तेजनाको माहौल देखा परेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार हिजो साँझ बङ्ग्लादेशबाट केही दुष्कृतिहरूले सिमानाको काँडे तार काटेर राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको पीरगछ गाउँमा प्रवेश गरेपछि त्यहाँबाट केही गाई-गोरू चोरी गरेर चम्पट कसेको बताइएको छ। उक्त घटनाले गर्दा देशको सिमानाको सुरक्षामा खटिएका सेना वाहिनीको भूमिका लिएर स्थानीय मानिसहरूले प्रश्न चिन्ह खडा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *