कफीबारी चियाबारीको गुम्बा जीटीए चेयरम्यान अनित थापाको पहलमा निर्माण गरिने

खरसाङ: धेरै बर्षदेखि जीर्णावास्थामा रहेको खरसाङको सिंगेल अन्तर्गत पर्ने कफीबारी चियाबारीको गुम्बा जीटीए चेयरम्यान अनित थापाको पहलमा निर्माण गरिने भएको छ। जीटीए चेयरम्यान अनित थापाको पहलमा यस गुम्बाको निर्माण कार्य शुरु गरिने भएको छ। आज गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमाको महासचिव अनोश थापा र अन्य प्रतिनिधिहरूको उपस्थितिमा साथै म्हाणिपा संघ र गाउँ समाज एवम् अन्य अतिथिहरुको उपस्थितिमा लामा म्हेम्हेहरूद्वारा उक्त गुम्बा निर्माणको लागि शिलान्यास गरिएको छ। शिलान्यास कार्यपछि समाज साथै पार्टीको पक्षबाट जीटीए चेयरम्यान अनित थापालाई धन्यवाद दिए। शिलान्यास कार्यलाई सम्बोधन गर्दै गोजमुमो खरसाङ महकुमा समितिको महासचिव अनोश थापाले खरसाङको सिंगेल अन्तर्गत कफीबारीमा धेरै राजनैतिक नेताहरूले गुम्बा निर्माणको लागि केवल आश्वासन मात्र दिए तर जीटीए चेयरम्यान अनित थापाले गुम्बा निर्माणको लागि सही रुपमा पहल गर्दै गुम्बा निर्माणको कार्य शुरु भएको छ । त्यसैले अनित थापा केवल आश्वासन दिने नेता मात्र नभएर कर्म गरेर देखाउने नेता रहेको र जनताको सेवा र पहाड़को विकासको लागि कटिबध्द रहेको पनि बताएका छन्। तिनले धर्म र राजनीति भिन्ना-भिन्नै भए तापनि धर्म, राजनीति र समाज, मानव समाजको विकास र उन्नतिको लागि नै हो भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *