कागे ग्राम पञ्चायत बोर्ड गठन, मनिषा मंगर पञ्चायत प्रधान र निमा ग्याल्छेन शेर्पा उप-प्रधान चयन

कालेबुङ (निसं): कालेबुङको 38 नम्बर समष्टि अन्तर्गत कागे ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेको छ। कागे ग्राम पञ्चायतको लागि प्रधान अनि उप-प्रधानको चुनाउ आज सम्पन्न गरियो। 38 नम्बर समष्टि सभासद कुमार शर्माको बिशेष उपस्थितिमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको विजेता पञ्चायत सदस्य मनिषा मंगरलाई कागे ग्राम पञ्चायतको प्रधान चयन गरिएको छ भने अप्पर रबेक संसदका निर्वाचित सदस्य निमा ग्याल्छेन शेर्पालाई उप-प्रधान पदको लागि चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *