कैजले बजारमा आवश्यक सामग्री वितरण

बिजनबारी:  दार्जिलिङ पुलबजार खण्ड विकास कार्यालयको पहलमा त्राण विभागको तर्फबाट यहाँको कैजले ग्राम पञ्चायत कार्यालयले कैजले बजारमा 25 विपन्न परिवारलाई खाद्यन्न सामग्रीहरू वितरण गरियो। स्मरण रहोस्, कैजले बजारमा कोरोनाको संक्रमण बढेपछि आगामी हप्तासम्म्को निम्ति सरकारद्वारा यस क्षेत्रलाई कन्टेनमेन्ट जोन घोषणा गरेको कारणले साधरण मानिसहरूलाई मार्का नपरोस् भन्ने उद्देश्य लिएर तिनीहरूलाई आवश्यक सामग्रीहरू वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *