कैजलेका दोर्जे तामाङ बिमल गुरुङलाई छोडेर पुन: विनय-अनित खेमामा फर्किए

बिजनबारी: हालै गोजमुमो विनय खेमालाई छोडेर बिमल गुरुङलाई समर्थन गरेका बिजनबारी रेलिङ कैजले समष्टि अधिनस्थ पर्ने कैजलेका चर्चित युवा नेता दोर्जे तामाङ पुन: आज गोजमुमो विनय खेमामा फर्किएका छन। कैजलेमा आयोजना गरिएको एउटा कार्यक्रममा तिनी विनय खेमामा सामेल भए। आफुले बिस्थापितहरुको त्यागलाई कदर गर्दै गोजमुमो बिमल गुरुङ समुहलाई साथ दिएको भए तापनि पहाडको बिकाससँगै बौद्धिक जमातलाई अघि लैजाने विनय तामाङले जातिको लागि धेरैवटा कामहरू गर्दै आइरहेको देखेर आफु अत्यन्तै प्रेरित भएर पुन: घर वापसी भएको दोर्जे तामाङले बताए। अबउसो विनय तामाङ, अनित थापा, सतिश पोख्रेल लगायतलाई सधैं सहयोग दिने प्रतिबद्धता तिनले व्यक्त गरे। उक्त कार्यक्रममा युवा मोर्चा समष्टि सचिव रोशन पोख्रेल, उपाध्यक्ष पृथ्वीराज सुब्बा पनि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *