कैजलेलाई रेलिङसम्म जोड्ने बाटोको चाँडै मरमति गर्नुपर्ने गोरामुमोको माग

बिजनबारी: रेलिङ कैजले समष्टि अन्तर्गत कैजलेलाई रेलिङसम्म जोड्ने बाटोको आवस्था सोचनीय भएकोले स्थानीय मानिसहरूले धेरै समस्या भोग्न परिरहेको छ। सम्बन्धित निकायलगायत पहाडका सत्तारूढ जीटीएले ध्यान दिनुपर्ने गोरामुमो रिम्बिक लोधोमा समष्टिका युवा सचिव सरद लिम्बु तथा लामागाउँ रेलिङ शाखा प्रतिनिधिहरूले माग गरेका छन्।


आज पत्रकार सम्मेलनको आयोजना गरेर तिनीहरूले सिक्किमदेखि नेपालसम्म जोडिने उक्त मार्गको सोचनीय आवस्था रहेकोले सर्वसाधारणले समस्याको सामना गर्न परिरहेकोले सम्बन्धि निकायले चाँडै यसबारे पहल गर्नुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *