कैजलेमा भीषण आगलागी हुँदा 4 वटा घर जलेर स्वाहा

बिजनबारी : पुल बिजनबारी खण्ड अन्तर्गत कैजले बजारमा भीषण आगलागी हुँदा 4 वटा घर जलेर स्वाहा भएको छ। प्राप्त जानकारी अनुसार उक्त घटना गत अबेर राति लगभग 1:30 बजी भएको हो। कैजले बजारको लोदमा रोडमा भाडाको घरमा बस्दै आइरहेका प्रमिला राईको घरमा सबैभन्दा अचानक आगो लागेपछि उक्त आगोले उग्र रूप धारण गरेर यसको छेउमा रहेको छिमेकी रामबहादुर छेत्री, योगेश छेत्री, सञ्जीब राई र इन्द्र कुमार राईको घर पनि जलेर भष्म भएको छ। उक्त आगलागीको घटनामा लाखौँ रुपियाँको सम्पत्ति सहित आवश्यक सबै कागजपत्रहरू समेत जलेर खरानी भएको बताइएको छ। आगलागीको खबर पाएर बिजनबारी अग्निशमन विभागका कर्मीहरू घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याएपछि नै अन्य छिमेकीका घरहरू आगोको चपेटबाट बचाउन सकेको स्थानीय मानिसहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *