कैजलेमा कोरोना योद्धाहरूलाई सम्मान

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अन्तर्गत कैजले युथ क्लबद्वारा आज एउटा कार्यक्रमबीच बिजनबारी क्षेत्रका विभिन्न विभागका मोठ 24 जना कोरोना योद्धाहरूलाई सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। सरोज कुमार प्रधानको अध्यक्षतामा तथा बिजनबारी ग्रामीण अस्पतालको प्रभारी डा. अन्सल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रका कलाकारहरूले साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरे।


यस अवसरमा प्रमुख अतिथिले कोरोना जस्तो महामारीसित हामी सबै एक भएर लड़नु पर्छ भनी बताए। कार्यक्रममा बिजनबारी अग्नि शमन अधिकारी प्रेम कुमार शर्मा, बिजनबारी विद्युत कार्यालय प्रभारी पेमा डोमा तामाङ, पुलबजार थानाका एसआई अजित विश्वास लगायत सम्मानित व्यक्तित्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *