कैलाश विजय वर्गीयको विवादास्पद बयानको एलबी राईले गरे भर्त्सना

मिरिक: भाजपा राष्ट्रिय महासचिव एवम् पश्चिम बङ्गाल राज्य प्रभारी कैलाश विजय वर्गीयले हिजो खरसाङमा मीडिया कर्मीहरूसितको कुराकानीमा नेपालको एघारा जातिलाई जनजाति दिलाउने भन्दै दिएको विवीदास्पद बयानमाथि हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले आज हिल तृणमूल कङ्ग्रेस पार्टीको पक्षमा घोर आपत्ति जनाउँदै घोर भर्त्सना जनाएका छन्। तिनले भाजपाले यसबारे माफी माग्नु पर्ने बताउँदै भाजपा जिल्ला कमिटीका नेताहरू, सांसद राजु विष्ट, उम्मेद्वार बीपी बजगाइँ अनि कार्यकर्ताहरू कै अघि नेपालको भन्दा चुप लाग्नु उचित नरहेकोले बताए। सांसद राजु विष्ट, जिल्ला कमिटीका नेताहरू, भाजपा उम्मेद्वारहरूले उक्त बयानको चाँडै खण्डन गर्नु पर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *