काकरीभिट्टाको जुत्ता कारखानामा आगलागी हुँदा 8 करोड रुपियाँको क्षति

झापा : नेपालको काकरीभिट्टा मेची नगर अन्तर्गत काकरीभिट्टा बजारदेखि लगभग 1 किलोमिटर टाढामा रहेको जुत्ता कारखानामा भीषण आगलागी हुँदा लगभग 8 करोड रुपियाँको क्षति भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार उद्योगपति श्याम पिन्टु खेतानको जुत्ता कारखानामा आगलागी हुँदा कारखाना सहित सबै सर-समानहरू डढेर स्वाहा भएको छ भने लगभग पाँच घण्टासम्मको लगातार प्रयासपछि मात्र आगोलाई नियन्त्रणमा ल्याउन सकिएको नेपाल पुलिस सूत्रले जनाएको छ।


उक्त आगो नियन्त्रण गर्नको लागि नेपालको झापा र मोरङ जिल्लाका 10 वटा अनि भारतबाट 3 वटा दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याउन सकिएको बताइएको छ। सम्भवतः सट सर्किटको कारणले कारखानामा आगो लागेको हुनसक्ने अनुमान लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *