कालाबजारी रोक्नको लागि पुलिसले चलायो अभियान

जलपाईगढी : कोरोना भाइरसको आतङ्कलाई केन्द्र गरेर आवश्यक सामान सङ्ग्रह गर्नको लागि मानिसहरूको दोकानमा भीड़ देखियो। केही मानिसहरूले यसको फाइदा उठाएर कालाबजारी शुरू गरेका छन्। जलपाईगढी पुलिसले यसबारे जानकारी पाएपछि कालाबजारी रोक्नको लागि आज यहाँको दिनबाजार, स्टेशन बजार संलग्न सब्जी दोकानहरू, माछा र मासुको दोकानहरूमा अभियान चलाए। अभियान अवधि पुलिसले कुनै पनि आवश्यक सामाग्री अधिक मूल्यमा बिक्री नगर्ने चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *