कलाकार संगठनद्वारा पैह्रो पीडित अनि बिरामीलाई सहयोग राशि प्रदान

कालेबुङ: लाभा कलाकार संगठनद्वारा लाभा पैह्रो पीडित 2 परिवारलाई केही राहत रकम प्रदान गरेर पीडित परिवारलाई थोरै आर्थिक सहयोग प्रदान गरेको छ भने आगामी दिनहरुमा थप अझ सहयोग गर्ने पनि संगठनले बताएको छ। संगठनको तर्फबाट पेदोङ कास्यौ निवासी गायिका मेरिना लेप्चाको घरमा पुगेर तिनका बाबाको उपचारको निम्ति केही सहयोग राशी प्रदान गरे। संगठनको तर्फबाट आगामी दिनहरुमा पनि यसरीनै समाजलाई परेको खण्डमा निस्वार्थ भावमा सहयोग गर्ने संगठनका सभापति केल्संग भुटियाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *