कला संगम बिजनबारीद्वारा स्वतन्त्रता दिवस पालन

बिजनबारी :  बिजनबारी भेगको ख्याति प्राप्त साहित्यिक संस्थान कला सगमले आज 74औँ स्वतन्त्रता दिवस पालन गर्यो। संगमका सभापति पुनम दर्नालको सभापतित्वमा बिजनबारी बजार परिसरमा सामाजिक दूरी पालन गर्दै कुमुदरन्जन गिरीले राष्ट्रिय झण्डा उत्तोलन गरे। स्थानीय नाट्यकर्मी टीबी बराइलीले देशभक्ति गीत प्रस्तुत गरे।


यसैगरी, आज पुलबजार मध्य भागमा लेञ्जिङ समुहको आयोजनामा ७४ औं   स्वतन्त्र दिवस पालन गरियो। भक्त कुमार सुब्बाको अध्यक्षतामा भएको यस कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि अभिकेशर छेत्रीले राष्ट्र ध्वज उत्तोलन गरे भने उपस्थित पुलबजारका संघ संस्थाका सदस्य एवम् बाल बालिकाहरूले राष्टिय गीत प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *