कलश यात्राको साथमा आजदेखि पानीघट्टामा श्रीमद् महाभागवत पुराण शुरू

मिरिक : पानीघट्टा खेल मैदानमा आजदेखि श्रीमद् महाभागवत पुराण शुरू भयो। पानीघट्टा दश नम्बर जन कल्याण समाजको पहलमा आज प्रेम अनि सद्भावनाको साथमा कलश यात्रा निकालिइयो। शान्ति, सद्भाव अनि भाइचाराको सन्देशको साथमा आजदेखि शुरू भएको श्रीमद् भागवत महापुराणको कलश यात्रामा धेरैजना भक्तहरूले अंश ग्रहण गरेको आयोजक समितिले जनाएको छ। आगामी ६ मार्चसम्म चल्ने श्रीमद् महाभागवत पुराणमा पण्डितहरूद्वारा दिनहुँ कथा वाचन लगायत भजन-कीर्तन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *