कालचिनी एसियन हाईवेमा वाहनको धक्काले वृद्धा घाइते

कालचिनी : रासन लिन गएकी एकजना वृद्धा सडक दुर्घटनामा परेर घाइते भएको छ। उक्त घटना आज कालचिनी ब्लकको दलसिंहपाडा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार दलसिंहपाडा नयाँ लाइन इलाका निवासी कमली तामाङ रासन लिनको लागि दलसिंहपाडा चौपथी इलाकामा गएकी थिइन्। त्यस समय दलसिंहपाडा चौपथी इलाकाको एसियन हाईवेमा भुटान नम्बर भएको एउटा वाहनले वृद्धा कमली तामाङलाई सोझै धक्का दिएर त्यहाँबाट चम्पट कसेको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते वृद्धालाई उद्धार गरेर नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको छ। घटनाको खबर पाएर जयगाउँ थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *