कालचिनी : तस्करी गर्न अगावै वन विभागले 30 सीएफटी सैगुनको काठ उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा वन विभागको पाना मोबाइल रेञ्जका वन कर्मीहरूले कालचिनी ब्लकको डीमा नदी संलग्न इलाकाबाट सैगुनको काठ उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।