कालचिनी बाईक दुर्घटनामा युवक गम्भीर घाइते

कालचिनी (निसं): कालचिनी सडक दुर्घटनामा एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। घटना कालचिनी ब्लकको ट्रली लाइन इलाकामा घटेको हो। स्थानीय सूत्र अनुसार, आज बिहिबार ओनराव नाम गरेका युवक कालचिनीबाट मोटरसाइकलमा सवार भएर ट्रली लाइन तर्फ गइरहेको समय अनियन्त्रित भएर मोटरसाइकल सडकमा पल्टिए पछि तिनी गम्भीर रूपमा घाइते भए। यसपछि स्थानीय मानिसहरूले तिनलाई घटनास्थलबाट उठाएर लताबारी ग्रामीण अस्पतालमा पुऱ्याए। तर तिनको हालत गम्भीर भएको कारणले त्यहाँबाट तिनलाई अलीपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *