कालचिनी ब्लकमा हात्तीको उत्पात, तीन वटा घर क्षतिग्रस्त

कालचिनी (निसं): कालचिनी ब्लकको अतियाबाडी चिया बगानमा हात्तीले मच्चायो उत्पात । गत अबेर राति हात्तीको उत्पातमा तीन वटा घर पूर्ण रूपले क्षतिग्रस्त भएको जान्नमा आएको छ। प्राप्त जानकारी अनुसार गत राति बक्सा टाइगर प्रोजेक्टको जंगलबाट एउटा जंगली हात्ती निक्लेर अतियाबाडी चिया बगानको 12 नम्बर लाइनस्थित श्रमिकहरूको लाइनमा पस्यो। गाउँमा हात्ती देखेर चिया श्रमिकको परिवारका सदस्यहरू निक्कै डराए। यसपछि हात्तीले तीन वटा घर क्षतिग्रस्त पारिदिएको बताइको छ।


पीडितहरूले बताए अनुसार प्रायः जंगली जानवर जंगलबाट निस्केपछि गाउँमा आउने गर्दछ। यसैले गर्दा यहाँका मानिसहरू सधैंजसो डरसरी दिन –रात बिताइरहन वाध्य छन्। वन विभागले यस तर्फ पनि ध्यान दिनु अति आवश्यक छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *