कालचिनी ब्लक प्रशासनद्वारा कोरोना संक्रमित परिवारलाई खाद्य समाग्री प्रदान

कालचिनी : हेमिल्टनगञ्ज विवेक नगर इलाकामा कोरोना संक्रमित परिवारलाई कालचिनी ब्लक प्रशासनले खाद्य समाग्री प्रदान गरे। कालचिनी बीडीओ र ब्लक कार्यालयका अधिकारीहरूले आज अलिपुरद्वार जिल्लाको हेमिल्टनगञ्जको विवेक नगर इलाकाका कोरोना संक्रमित परिवारलाई चामल, दाल, तेल, नुन आदि आवश्यक खाद्य सामग्री प्रदान गरे। कालचिनीका बीडीओ प्रशान्त बर्मनले बताएअनुसार हेमिल्टनगञ्जको विवेकनगर इलाकाको एकै परिवारका दुईजना छोरा कोरोना संक्रमित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *