कालचिनीका रिया थापाको रहस्यमय मृत्यु मामिलामा डीडी-ले आरोपीलाई दक्षिण दिनाजपुरबाट गऱ्यो पक्राउ

सिलगढी, 17 सितम्बर (निसं): सिलगढी मेट्रोपलिटन पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) टीमले अन्तमा हत्याको आरोपमा भागेका आरोपी सुमन शीललाई दक्षिण दिनाजपुर जिल्लाबाट पक्राउ गरेको छ। डीडी-को टीमले सोमवार राति आरोपीलाई पक्राउ गरेर सिलगढी ल्याइपुऱ्याएको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गऱ्यो।
उल्लेखनीय रहोस, गत 9 सितम्बर कालचिनीका युवती रिया थापाको सिलगढीको 40 नम्बर वार्डस्थित दशरथपल्ली इलाकामा एउटा भाडाको घरमा रहस्यमय ढंगले मृत्यु भएको घटना प्रकाशमा आएको थियो। उक्त घटनालाई लिएर शहरमा सनसनी फैलिएको थियो। परिवार पक्षले रियाको हत्या गरेको आरोपमा सुमन शील नामक एकजना युवक विरूद्ध भक्ति नगर पुलिस थानामा लिखित अभियोग दर्ता गरेको थियो। अर्कोतिर, घटनाको खबर पाउन साथ दार्जिलिङका सांसद राजू बिष्ट किरण चन्द्र श्मशान घाटमा नै पुगेर मृतकको परिवारका सदस्यहरूसित भेट गरेर मामिलाको निष्पक्ष जाँचको मांग गरेका थिए। यसपछि घटनाको जाँच डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) लाई सुम्पिदिएको थियो। जाँचमा जुटेको डीडी-ले भागेका संदिग्ध आरोपी सुमन शीललाई पक्राउ गर्न लगातार छापामार अभियान चलाइरहेको थियो। डीडी टीमले गोप्य सूत्रको सहयोगमा दक्षिण दिनाजपुरको गोवालपोखरको धरमपुर गाउँबाट आरोपी सुमन शीललाई पक्राउ गरेको छ। यसपछि गत राति आरोपीलाई सिलगढी ल्याइ पुऱ्याइयो।
पुलिस सूत्र अनुसार, रिया थापा आफ्नो पूर्व प्रेमीको सम्पर्कमा थिइन्। यो कुरा तिनका प्रेमी सुमन शीलले गत 9 सितम्बरमा थाहा पाए। यसलाई लिएर दुई जना माझ विवाद भएको थियो। विवाद भएपछि सुमन रियाको घरबाट निक्लिएर आफ्नो घर गएका थिए। यसपछि रियाले आत्महत्या गरेको कुरा तिनले थाहा पाए। अर्कोतिर, पक्रा परेका आरोपी सुमन शीलले बताए अनुसार तिनलाई फँसाइँदैछ। वास्तवमा रियाले आत्महत्या गर्नु तिनका पूर्व प्रेमी जिम्मेवार रहेको उनले दावी गरेको छ। सूत्र अनुसार, पुलिसले आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि रिमान्डमा लिएर घटनाको विस्तृत छानबिन गर्ने भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes