कालचिनीको चुवापाडा चियाकमानबाट चितुवाको दुईवटा बच्चा उद्धार

कालचिनी : कालचिनी ब्लकको चुवापाडा चियाकमानबाट चितुवाको दुईवटा बच्चा उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान चुवापाडा चियाकमानका श्रमिकहरूले कमानमा चितुवाको दुईवटा बच्चा देखेपछि वन विभागलाई खबर दिए। खबर पाएर हेमिल्टनगञ्ज रेञ्जका वन कर्मीहरू घटनास्थलमा पुगेर चितुवाको दुईवटा बच्चा उद्धार गरे। चितुवा आएर आफ्नो दुईवटा बच्चालाई लैजाओस् भन्ने उद्देश्य लिएर वन कर्मीहरूले उक्त बच्चाहरूलाई त्यहीँ राखेर नजरदारी गरिरहेको छ। चियाकमानमा चितुवाको बच्चाहरू उद्धार भएपछि श्रमिकहरूमा आतङ्कको माहौल छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *