कालचिनीको दलसिंहपाडामा तृणमूल-द्वारा मई दिवस पालन

अलिपुरद्वार : कालचिनी ब्लकको दलसिंहपाडा इलाकामा तृणमूल कङ्ग्रेसको तर्फबाट मई दिवस पालन गरियो। दलसिंहपाडाको तृणमूल कङ्ग्रेस कार्यालयमा झण्डा उत्तोलन गरेपछि एउटा शोभायात्रा पनि निकालेर दलसिंहपाडा चियाकमान इलाकाको विभिन्न ठाउँको परिक्रमा गर्यो। उक्त शोभायात्रामा दलसिंहपाडा अञ्चल सभापति प्रताप सिंह राणा, दलसिंहपाडा ग्राम पञ्चायतका उप प्रधान शम्भू जसवाल, आईएनटीटीयुसी कालचिनी ब्लक सभापति प्रेमा लामा लगायत अन्य उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *