कालचिनीको डीमा चियाकमानमा मरेको वन्य प्राणी उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत पर्ने डीमा चियाकमानबाट एउटा मरेको वन्य प्राणी उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान चियाश्रमिकहरूले उक्त मरेको वन्य प्राणी देखेपछि यसबारे वन विभागलाई खबर दिए। खबर पाएर निमती रेन्जका वनकर्मी तथा अधिकारी घटनास्थलमा पुगेर मरेको वन्य प्राणी उद्धार गरेर पोस्टमार्टमको लागि राजाभातखावा लगेको बताइएको छ। उक्त मरेको वन्य प्राणी सम्भवतः क्याट प्रजातिको रहेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *