कालचिनीको दुर्गम राईमाटाङ वनबस्तीमा टीकाकरण साथै प्लास्टिक सेड वितरण

कालचिनी: कालचिनी खण्डको बक्सा पर्यटकीय स्थल अन्तर्गत पर्ने दुर्गम राईमाटाङ वनबस्तीमा आज पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामाको पहलमा गाउँलेहरुको निम्ति कोरोना भ्याक्सिन स्वास्थ्य विभागको सहयोगमा प्रदान गरिएको जानकारी स्वास्थ्य विभागद्वारा प्राप्त भएको छ। यस अवसरमा पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामा लगायत कालचिनी ग्राम पञ्चायतका प्रधान निशा लामा, महिला नेत्री मालती बाक्ला एवम् अन्यान्यको उपस्थिति रहेको थियो। गाउँलेहरुलाई भ्याक्सिन प्रदान गर्नको साथै प्लास्टिक सेड पनि पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामाद्वारा वितरण गरियो।


अहिले चौतर्फी टीकाकरण चलिरहेकोबीच राईमाटाङ वनबस्तीका बासिन्दाहरुले निकै दिनदेखि गाउँमा टीकाकरण शिविरको माग गर्दै आइरहेको थियो। वर्षाको कारण राईमाटाङ नदीको स्तर बढेपछि गाउँलेहरुलाई यातायात गर्न गाह्रो परिरहेकोले गर्दा गाउँलेहरुले गाउँमा नै टीकाकरणको माग गर्दै आइरहेकोले गर्दा आज स्वास्थ्य विभागले प्रायः 500 जनालाई कोरोना भ्याक्सिन लगाएको को-अर्डिनेटर तथा पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामाले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *