कालचिनीको लताबारी गाउँमा 2 वटा भालु पसेपछि गाउँलेहरू आतङ्कित

अलिपुरद्वार (निसं) : कालचिनी ब्लकको दक्षिण लताबारी गाउँमा गत अबेर राति पसेको दुईवटा भालुलाई आज वन विभागले ट्रेङ्कुलाइजरको सहयोगमा आफ्नो नियन्त्रणमा लिएको छ। प्राप्त जानकारी गत अबेर राति लगभग 2 बजी दुईवटा भालु दक्षिण लताबारीस्थित उमेश ठाकुरको घरमा आएर पालेको सुँगुरलाई लिएर गए। यसपछि तत्कालै तिनीहरूले घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर दक्षिण लताबारी बक्सा परियोजनाका वनकर्मी र कालचिनी थाना पुलिस आज घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि ट्रेङ्कुलाइजरको सहयोगमा दुईवटा भालुलाई आफ्नो नियन्त्रणमा लिएर राजाभातखावामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *