कालचिनीको सड़क किनारमा युवकको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कालचिनी 31 नम्बर राष्ट्रिय राजमार्गबाट एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक हरियाणा निवासी 24 वर्षीय सोमबीरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले 31 नम्बर राष्ट्रिय राजमार्गको किनारमा उक्त युवकको शव देखेपछि यसबारे पुलिसलाई जानकारी दिए।


घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *