कालचिनीको सन्ताली गाउँमा 2 वटा बाइसनको ताण्डवमा सुपारी बगान क्षतिग्रस्त

कालचिनी : कालचिनी ब्लक अन्तर्गत पूर्व सन्ताली गाउँमा दुईवटा बाइसनले व्यापक ताण्डव मच्चायो। प्राप्त जानकारी अनुसार आज बिहान बक्सा बाघ प्रोजेक्टको जङ्गलबाट दुईवटा बाइसन निस्केर आवासीय इलाकामा पसेपछि व्यापक ताण्डव मच्चाएको बताइएको छ। बाइसनको ताण्डवमा सुपारी बगान क्षतिग्रस्त भएको छ। यसपछि उक्त दुईवटा बाइसन मेन्दाबारी इलाकामा पस्यो। घटनाको खबर पाएर बक्सा बाघ प्रोजेक्टका वनकर्मी तथा जलदापाडा वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर दुईवटा बाइसनलाई जङ्गलतर्फ लखेटे।  तीमध्ये एउटा बाइसन जङ्गलमा प्रवेश गरे तापनि अर्को बाइसन गाउँमै घुमिरहेको थियो। लामो समयको प्रयासपछि वनकर्मीहरूले उक्त बाइसनलाई ट्र्याङ्कुलाइजरको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom