कालचिनीमा आगलागी हुँदा चियाश्रमिकको घर जलेर खरानी

कालचिनी : कालचिनी ब्लकको राजाभात चियाकमानमा आगलागीमा श्रमिकहरूको घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति राजेन महालीको घरमा आगलागी भएको हो। आगो लाग्दा घरका सबैजना सदस्यहरू सुतिरहेका थिए। घरमा आगो लागेको थाहा पाउन साथ राजेन महली तथा तिनको परिवारका अन्य सदस्यहरू कुनै प्रकार घरबाट बाहिर निस्के। इलाकावासीहरूको सहयोगमा उक्त आगोलाई निभाउने प्रयास गरियो। घटनाको खबर पाएर हेमिल्टनगञ्जबाट दमकलको इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि घर पूर्ण रूपमा जलेर खरानी भएको बताइएको छ। तथापि, उक्त आगलागीमा कसैको ज्यानलाई कुनै प्रकारको क्षयक्षति नभएको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *