कालचिनीमा विधायक कार्यालयको उद्घाटन

कालचिनी : कालचिनी 3 नम्बर चौपथीस्थित भाजपा विधायक कार्यालयको आज उद्घाटन गरियो। कालचिनी विधानसभा क्षेत्रका भाजपा विधायक विशाल लामाले सबै क्षेत्रका मानिसहरूसित जनसम्पर्क बढ़ाउने उद्देश्य लिएर उक्त कार्यालयको उद्घाटन गरिएको साथै उक्त कार्यालयमा सबै प्रकारको समस्याहरूको समाधान गरिने बताए। तिनी पार्टी कार्यालय रहने गर्दथे तर धेरैजसो मानिसहरू त्यहाँ नजाने गरेको तिनले बताए। आज उद्घाटन गरिएको कार्यालयमा तिनी प्रतिदिन बिहान 10 बजीदेखि अपरान्ह 3 बजीसम्म रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *