कालचिनीमा बिमल गुरुङलाई भव्य स्वागत

कालचिनी: गोजमुमो अध्यक्ष विमल गुरुङको पूर्व घोषित कार्यक्रम अनुसार आज बिहान 11 बजी कालचिनीमा आइपुगे। यस अवसरमा डुवर्सका गोजमुमो समर्थकहरुले अध्यक्ष बिमल गुरूङलाई विभिन्न गाजा-बाजाको साथमा भव्य रूपमा स्वागत जनाए। यस अवसरमा नेपाली सहनाई, ढोल-बाजा, तामाङहरूको डम्फु सेलो टीम, लिम्बु च्याब्रुङ टीम, राई नृत्य र आदिवासी नृत्य टोलीले कालचिनी चौपतीमा अघि अघि बाजा बजाएर तिनलाई कालचिनीमा स्वागत गरे।


कालचिनी थाना लाईनमा पार्टी समर्थकहरुसित भेटघाट गर्दै अध्यक्ष विमल गुरुङ पैदल नै कालचिनी चौपति राङ्गामाटी रोड हुँदै गोजमुमो कार्यालयमा आइपुगे। कार्यालयमा केही क्षण विश्राम गरेपछि अध्यक्ष विमल गुरुङको लस्कर गङ्गुटिया, चिञ्चुला राईमाटाङ गाउँघरमा घुम्दै मेचपाड़ा 8 नम्बरस्थित शहीद राजीव थापा चौकमा आइपुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *