कालचिनीमा बाइसनको हमलामा महिलाको मृत्यु

कालचिनी: कालचिनी ब्लकको उत्तर मेन्दाबारी इलाकामा बाइसनको हमलामा एउटी महिलाको मृत्यु भएको छ। मृतक महिला 55 वर्षीय रिमिला हाजारीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान रिमिला हाजारी मर्निङ वकमा गएको समय जलदापाडा राष्ट्रिय उद्यानबाट एउटा बाइसन इलाकामा प्रवेश गरेर उक्त महिमामाथि हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि परिवारका सदस्य तथा वनकर्मीहरूले तिनलाई उद्धार गरेर लताबारी अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *