कालचिनीमा करेन्ट लागेर बिजली कर्मचारीको मृत्यु

कालचिनी (निसं): कालचिनी ब्लकको मेचपाड़ा इलाकामा 11 हजार भोल्ट बिजलीको तारमा काम गरिरहेको समय करेन्ट लागेर एकजना बिजली कर्मचारीको मृत्यु भएको छ। जानकारी अनुसार गत साँझ मेचपाड़ा इलाकामा 11 हजार भोल्ट भएको बिजुलीको खम्बामा काम भइरहेको थियो। यस अवधिमा नै अलीपुरद्वारको माझेरडाबरी इलाका निवासी रंजीत बर्मनलाई करेन्ट लाग्यो। घटना पछि रंजीत बर्मनलाई लताबाड़ी ग्रामीण अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, कालचीनी पुलिसले गत राति शव उद्धार गरेर शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाइ दिएको छ।  पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *