कालचिनीमा चितुवाको हमलामा चिया श्रमिक घाइते

कालचिनी (निसं): चितुवाको हमलामा कालचिनी ब्लकको सुभासिनी चिया बगानका एकजना चिया श्रमिक घाइते भएका छन्। घाइते श्रमिकको नाम परेश मिञ्ज रहेको बताइएको छ। जानकारी अनुसार आज बिहान परेश मिञ्ज सुभासिनी चिया कमानमा काम गरिरहेको समयमा अचानक चितुवाले हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएका छन्। घटना पछि तिनलाई लताबाड़ी ग्रामीण अस्पतालमा उपचारको लागि लगिएको छ भने हाल तिनको चिकित्सा चलिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *