कालचिनीमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु

कालचिनी: कालचिनी ब्लकको उत्तर मेन्दाबारी इलाकामा करेन्ट लागेर एउटा जङ्गली हात्तीको मृत्यु भएको छ। आज बिहान इलाकावासीहरूले मरेको अवस्थामा जङ्गली हात्तीको शव देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर जलदापाडा वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर मरेको हात्ती उद्धार गरेर लगेको बताइएको छ। बिजुलीको तार सुपारी बगानदेखि निक्कै तल भएकोले गर्दा कुनै प्रकारको हात्तीको सुँड उक्त तारमा लाग्दा हात्ती मरेको हुनसक्ने स्थानीय मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *