कालचिनीमा धान खेतबाट मरेको हात्ती उद्धार

कालचिनी : कालचिनी ब्लकको सताली बस्ती इलाकाको धान खेतीबाट मरेको वयस्क जङ्गली हात्ती उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान धान खेतीमा मरेको वयस्क हात्ती देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर मरेको हात्ती उद्धार गरेर लगेको बताइएको छ। के कारणले गर्दा उक्त हात्ती मरेको हो भन्ने विषयमा वन विभागले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *