कालचिनीमा दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 1 जनाको मृत्यु, 3 जना घाइते

कालचिनी : कालचिनी ब्लकको उत्तर मेन्दाबारी इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा आज बिहान दुईवटा ट्रक आपस्तमा ठोक्किँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान दुईवटा ट्रक आपस्तमा ठोक्किँदा घटनास्थलमै आलिसान नाम गरेको ट्रक चालकको मृत्यु भएको छ भने दुईवटा ट्रकमा सवार 3 जना घाइते भएको बताइएको छ।


घाइतेहरूलाई तत्कालै उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा पठाए तापनि तीमध्ये एकजनाको अवस्था आशंकाजनक रहेकोले तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर निमती आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुईवटा ट्रकलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *