कालचिनीमा हात्तीको हमलामा व्यक्तिको मृत्यु

कालचिनी: कालचिनी ब्लकको मेन्दाबारी इलाकामा जङ्गली हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 40 वर्षीय विनोद खरियाको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति विनोद खरिया मेन्दाबारी लकड़ा रोड भएर बजारबाट घर फर्किरहेको समय जङ्गली हात्तीले हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर वनकर्मी तथा कालचिनी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *