कालचिनीमा हात्तीको हमलामा मर्ने व्यक्तिको परिवारलाई वनविभागद्वारा 5 लाख रुपियाँको चेक प्रदान

कालचिनी : कालचिनी ब्लकको दलसिंहपाड गोपालबहादुर बस्ती इलाकामा हात्तीको हमलामा मृत्यु भएको व्यक्तिको परिवारलाई वन विभागको तर्फबाट 5 लाख रुपियाँको चेक क्षतिपूर्ति स्वरूप प्रदान गरियो। स्मरण रहोस्, गत 18 मईमा दलसिंहपाडा गोपालबहादुर बस्ती इलाकाका श्याम सार्की जङ्गली हात्तीको हमलामा गम्भीर रूपमा घाइते भएपछि तिनलाई लताबारी अस्पतालमा लगेपछि त्यहाँ फेरि अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरियो। गत 18 मई बिहान अलिपुरद्वार जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको थियो। घटनापछि वन विभागको तर्फबाट मृतकका परिवारलाई क्षतिपूर्ति दिने आश्वासन दिएकोले त्यहीँ अनुसार आज बिहान वन विभागको हेमिल्टनगञ्ज रेञ्ज अफिसर अङ्कन नन्दी, कालचिनी वनभूमि अधिकारी रोशन उराव, दलसिंहपाडा प्रधान सुजाता गोले मृतकको घरमा पुगेर तिनका परिवारका सदस्यहरूलाई क्षतिपूर्ति स्वरूप 5 लाख रुपियाँको चेक प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *