कालचिनीमा ईंटा बोकेको ट्रक पल्टियो, दुईजना गम्भीर रूपमा घाइते

कालचिनी: जलपाइगढी जिल्लाको कालचिनी ब्लक अन्तर्गत निमती इलाकामा सड़क दुर्घटनामा परेर दुईजना व्याक्ति गम्भीर रूपमा घाइते भएका छन्।  प्राप्त जानकारी अनुसार आज बिहान निमती इलाकामा ईंटा बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टियो। उक्त दुर्घटनामा ट्रकमा सवार चारजना ट्रकमुनि पसे। स्थानीय मानिसहरूको सहयोगमा दुईजनालाई तत्कालै निकाले तापनि अझ दुई जनालाई ट्रकको मुनिबाट निकाल्न सकेनन्। यसपछि घटनाबारे कालचिनी थानाको पुलिसलाई जानकारी दिए। खबर पाउन साथ पुलिसले घटनास्थलमा पुगेर क्रेनको सहयोगमा ट्रकलाई हटाएर ईंटामुनि पुरिएको अवस्थामा दुई जनालाई गम्भीर घाइते अवस्थामा बाहिर निकाले। यसपछि तिनीहरूलाई अलीपुरद्वार जिल्ला अस्पताल पठाए। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *