कालचिनीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

कालचिनी : कालचिनी ब्लकको भातखावा बगान इलाकाबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति 52 वर्षीय राजेश तिर्कीको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार राजेशको परिवारका सदस्यहरूले आज झुन्डिरहेको अवस्थामा तिनलाई भेट्टाएपछि तत्कालै उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *