कालचिनीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

अलिपुरद्वार : कालचिनी ब्लकको डिमा बीच लाइन इलाकामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 18 वर्षीय रोशन लोहारको  रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत राति लगभग साढ़े नौ बजी झुन्डिएको अवस्थामा युवकलाई देखेपछि तत्कालै उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले मृत घोषित गरिदिए। घटनाको खबर पाएर कालचिनी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर आज पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *